Tuesday, 19 March 2024

Publication

Home / Publication

लक्षित वर्ग महिला तथा बालबालिका

Posted Date : Jun 19, 2017


सन् २००४ मा स्थापना भएको ईटालीयन प्रतिष्ठान Unraggiodiluce Onlus Foundation हाल नेपालमा सर्बोदय नेपाल नामक संस्थामार्फत क्रियाशिल छ । महिला र बालबालीकाको संरक्षण र जिविकोपार्जनका लागी क्रियाशिल उक्त ईटालीयन प्रतिष्ठानका अध्यक्ष Paolo Carrara नेपाल आएको बेला संस्थाले गरेका मुख्य कामहरुबारे चंङ्गा संवाददाताले गरेको संक्षिप्त कुराकानी । 

यो संस्था स्थापना गर्नुको कारण के हो ?

जव मैले मुहमद युनस र जर्मन बैंकको समाचार सुने जस्ले लघु बित्त बिकासमा गरेको योगदान स्वरुप नोबेल पुरुस्कार जितेको थियो । यसले मलाई यो संस्था स्थापना गरी गरीब जनताको आर्थिक र सामाजिक बिकासमा सेवा गर्नमा प्रोत्साहन गर्यौं । यो संस्था बिशुद्घ सेवामुखी संस्था हो र यो गरीव जनताको जीवनस्तर उकास्नमा केन्द्रीत छ । 

तपाईको संस्थाको लक्षित समूह कुन हो ?

हाम्रो संस्थाको लक्षित बर्ग महिला तथा बालबालीका हुन् । सम्पती र भूमीमा पहुँचको कमिले महिलाहरुले एकदमै दयनीय जीवन बिताउन परेको छ । तर आज महिलाले ब्यापार सुरु गर्ने निर्णय गरेको मैले पाएको छु । यो परिवेशलाई ध्यानमा राखेर हामिले महिला लघु बित्तका लागी प्रस्तावना तयार गरेका छौं । यसैगरी हामीले बालबालीकालाई गुणस्तरीय शिक्षा प्राप्तीमा सहयोग गरेका छौं ।

तपाईको संस्थाको कार्यक्षेत्र ?

हाल हामी ईटाली, मध्य अफ्रिका, तान्जेनिया, नेपाल, फिलिपिन्स, र अरु केहि राष्ट्रको स्थानीय संस्थाहरुसंग सहकार्य गरेर काम गर्दै छौं ।

तपाईले नेपाललाइनै कार्य क्षेत्रको रुपमा छनौट गर्नुको कारण के हो ?

हामिले एकजना नेपाली मानव अधिकारकर्मीलाई ईटलीमा भेटेका थियौ । उँहाले नेपालको महिला तथा बालबालीको बास्तबिक अवस्थाको बारेमा हामीलाई बताउनु भयो । त्यसपछि हामिले सन् २००४मा नेपालमा संस्था स्थापना गर्यौं । 

तपाईको संस्थाले नेपालमा मुख्य गरी के कस्ता बिषयमा काम गरिरहेको छ ? 
बालबालीकाको संरक्षण र छात्रवृति, महिला अधिकारको सवालमा संरक्षण, साक्षरता कक्षा र लघुवित्त कार्यक्रम हाम्रा मुख्य कामका क्षेत्र हुन् । नेपालमा महिलाहरु बढि मात्रामा तनाव र घरेलु हिंसाबाट  पीडित छन् । त्यसैले हामिले महिलाको जीवनस्तरमाथि ल्याउन लघुवित्तको कार्यक्रम अघि ल्याएका छौं ।

यो संस्थाले नेपालको कुन कुन जिल्लामा काम गर्दै छ ? 
हामीले नेपालको काठमाण्डौ, दोलखा, काभ्रे र जुम्लामा काम गर्दै छौं । हामी हालसालै हाम्रो लक्षितवर्ग र कार्य क्षेत्रमा पुगेर आएका छौं । सम्भब भएसम्म अरु जिल्लामा कार्यक्रम थप गर्ने योजना छ ।


संस्थाको कामबारे कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 

जस्लाई हामीले सहयोग गरेका छौं उँहाहरुलाई एकदमै खुसी पाएका छौं । हाम्रो सहयोगले बालबालीका र महिलाहरुको जीवनस्तर सुधारीएको छ ।

संस्थाको कामबाट कस्तो परिवर्तनको अपेक्षा गर्नु भएको छ ?

महिलाहरु आत्म निर्भर भएको, बालबालीकाले गुणस्तरीय शिक्षा पाएको एवं गरीवीको रेखा घटेको अवस्था हामी देख्न चाहन्छौं । त्यो ब्यवहारमा लागूहोस भन्नका निम्ति हाम्रा कार्यक्रमहरु सञ्चालीत छन् । 

(यो अन्तरबार्ता चङ्गा पत्रीकाबाट संहार गरीएको हो ।)

Head Office

Sarbodaya Nepal

Address : Ekantkuna, Ward No : 13, Lalitpur, Nepal

P.O . Box No.: 26582

Phone : + (977) 1 5185650

Email : sarbodaya@sarbodaya.org.np

Office Hours

Sunday to Thursday:

10:00 am - 4:00 pm (Winter)

10:00 am - 5:00 pm (Summer)

Friday:

10:00 am to 2:30 pm (Winter)

10:00 am to 3:30 pm (Summer)

OPEN NOW
Location